अमेरिकी राष्ट्रपति चुनाव : कमलाको आउला त अबसर , बाइडेन के भन्छन


प्रकाशित मिति : असार २४, २०८१ सोमबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो चुनावी अभियानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहनु भएको छ । सोमबार उहाँले कांग्रेसका प्रजातान्त्रिक नेताहरूलाई पत्र लेखेर फेरि राष्ट्रपतिको चुनाव लड्न प्रतिबद्ध रहेको बताउनु भएको हो ।

तर त्यो भन्दा पहिले, डेमोक्र्याट पार्टीका धेरै वरिष्ठ सदस्यहरूले बाइडेनलाई राष्ट्रपतिको दौडबाट हटाउनु पर्छ कि भनेर छलफल गरिरहेका छन् ।

गत हप्ता पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टिभी बहसको क्रममा जो बिडेनको प्रदर्शनले धेरै गम्भीर प्रश्नहरू छोडेको छ । राष्ट्रपतिको उम्मेदवारीका लागि उहाँको स्वास्थ्य र मानसिक अवस्थासँग सम्बन्धित छन् ।

गत शुक्रबार एबीसी च्यानलमा देखाइएको अन्तर्वार्तापछि उहाँको उम्मेदवारीलाई लिएर अड्कलबाजीको बजार बढेको छ ।

तर बाइडेनको प्रयासलाई उहाँको पार्टीका वरिष्ठ सदस्यहरूले मन पराएका छैनन् । ८१ वर्षीय बाइडेनलाई उम्मेदवार बनाउने वा हटाउने कति नाफा नोक्सान भन्ने पार्टीमा बहस चलिरहेको छ ।

चर्चामा रहेका नामहरूमध्ये प्रमुख नाम अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको हो । उहाँको प्रशासनिक अनुभव बाहेक, कमला ह्यारिसको समर्थनमा वाशिंगटनको राजनीतिमा उहाँको प्रभावकारी हस्तक्षेप पनि समावेश छ ।

शिफले बाइडेनलाई चुनाव लड्ने कि नगर्ने भन्ने बारे सही व्यक्तिहरूबाट सल्लाह लिन आग्रह गरेका छन् ।

न्युजवीकमा प्रकाशित सम्पादकीयमा टिम रायनले लेखेका छन्, “म कमला ह्यारिसलाई निर्वाचित गर्नु नै सही बाटो हो भन्नेमा दृढ विश्वास गछु । ह्यारिसको उम्मेदवारी बाइडेनको भन्दा पनि ठूलो जोखिम हो भन्ने कुरा गर्नेहरूलाई वास्तविकता थाहा छैन ।“

कमला ह्यारिस जो बाइडेनप्रति वफादार छन् । तर पछिल्ला केही दिनमा ५९ वर्षीय ह्यारिसको नाम चर्चामा आएको छ । एडम शिफले आइतवार एक टिभी अन्तर्वार्तामा कमला ह्यारिसले डोनाल्ड ट्रम्पलाई सजिलै पराजित गन बताउनु भयो ।

कमलका समर्थकहरुले उपराष्ट्रपतिका हैसियतले चुनावी अभियानको जटिलताबारे पहिले नै थाहा पाएको बताउँछन् ।

चर्चामा रहेका नामहरूमध्ये प्रमुख नाम अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको हो । उनको प्रशासनिक अनुभव बाहेक, कमला ह्यारिसको समर्थनमा वाशिंगटनको राजनीतिमा उनको प्रभावकारी हस्तक्षेप पनि समावेश छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com