युरो कपको उपाधिका लागि इङ्गल्यान्ड र स्पेन भिड्ने , नेदरल्यान्ड्स पराजित


प्रकाशित मिति : असार २६, २०८१ बुधबार

युरो कप फुटवलको फाइनलमा इङ्गल्यान्ड पुगेको छ ।

नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै इङ्गल्यान्ड लगातार दोश्रो पटक उपाधिनजिक पुगेको हो ।

सिग्नल इडुना पार्कमा बुधबारराति सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै इङ्गल्यान्ड उपाधिनजिक पुगेको इङ्गल्यान्डले सोमबार उपाधिका लागि स्पेनको सामना गर्नेछ ।

जावी सिमोन्सले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएपछि नेदरल्यान्ड्सले खेलको सातौँ मिनेटमै सुरुआती अग्रता लिएको थियो ।

तर, १८ औं मिनेटमा इङ्गल्यान्डका ह्यारी केनले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा ओली वाटकिन्सले गोल गर्दै इङ्गल्यान्डलाई उपाधि नजिक पुराए ।

जितसँगै इङ्गल्यान्ड अव आगामी सोमबार उपाधिको लागि स्पेनको सामना गर्नेछ ।

स्पेनले सेमिफाइनलमा फ्रान्सलाई हराउदै उपाधिमा दावेदारी प्रस्तुत गरेको थियो ।

सन् १९६६ को विश्वकपको फाइनल र वेम्बलीमा युरो २०२० फाइनल खेलेपछि इङ्ल्यान्डले पहिलो पटक विदेशी भूमिमा फाइनल खेल्ने भएको छ।

अघिल्लो युरो कपको फाइनलमा इंग्ल्यान्ड घरेलु मैदानमा इटालीसँग स्तब्ध भएको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com