हजबुल्लाहको चेतावनी : इजरायली नयाँ लक्ष्यमा आक्रमण गर्नेछौ


प्रकाशित मिति : श्रावण २, २०८१ बुधबार

हजबुल्लाहका नेता हसन नसरूल्लाहले इजरायलले लेबनानमा थप नागरिक लक्षित आक्रमण गरेमा आफ्नो इरान समर्थित समूहले इजरायलको नयाँ क्षेत्र लक्षित आक्रमण गर्ने चेतावनी दिनुभएको छ ।

यदि इजरायलले नागरिकहरूलाई लक्षित आक्रमण जारी राख्यो भने हामी इजरायलको अहिलेसम्म लक्षित नगरिएका इलाकाहरूलाई लक्षित गरेर आक्रमण बाध्य हुनेछौँ नसरूल्लाहले भन्नुभयो ।

लेबनानको राज्य सञ्चालित राष्ट्रिय समाचार एजेन्सीले इजरायली आक्रमणमा ३ सिरियाली बालबालिकासहित पाँच जनाको मृत्यु भएको बताएको छ ।

यसको जवाफमा हजबुल्लाहले उत्तरी इजरायलमा कुत्युशा रकेट प्रहार गरेको बताएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले हड्तालको समयमा आफ्नो घर अगाडि खेलिरहेका बालबालिकाहरु माथि गरिएको आक्रमणलाई “भयानक” भनी वर्णन गरेको छ ।

इजरायली सेनाले गत महिना लेबनानमा आक्रमणका लागि परिचालन गरिएका योजनाहरू स्वीकृत र मान्य भएको बताएको थियो । नसरूल्लाह आक्रमणका कारण घरहरु ध्वस्त भएका हजारौं पिडीत लेबनानीहरूलाई सहयोग गर्ने वाचा गर्नुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com