लुम्बिनी प्रदेशमा एमालेका गिरी मुख्यमन्त्री


प्रकाशित मिति : श्रावण ६, २०८१ आईतबार

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि सोमबार अपराह्न ६ः३० बजेसम्म दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।

यसअघि अल्पमतमा परेपछि मुख्यमन्त्री जोखबहादुर महराले आज बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गर्नुभएको थियो ।

केन्द्रमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सहमतिअनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको छ । सोअनुसार लुम्बिनीमा एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी छ ।

एमालेको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दुई दलको बैठकसमेत बसेको थियो । एमाले प्रमुख सचेतक तुलसी चौधरीले सोमबार पहिलो चरणमै दाबी पेस गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com