भारतको वाडनाडमा पहिरो , १२३ जनाको ज्यान गयो


प्रकाशित मिति : श्रावण १५, २०८१ मंगलबार

भारतको केरलाको वायनाड जिल्लामा पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय २३ पुगेको छ ।

९० जनाको खोजी कार्य जारी रहेको छ । १ सय ३१ जना अस्पतालमा भर्ना छन् ।

सोमबार र मङ्गलबार राति १ बजेदेखि ४ बजेको बीचमा ३ वटा पहिरोले वायनाडमा ठूलो क्षति पुर्याएको थियो ।

मुख्यमन्त्रीको कार्यालयका एक अधिकारीले बीबीसी हिन्दीलाई बताए अनुसार मृतकको संख्या १ सय २३ पुगेको छ ।

उनले सूर्यास्तपछि पनि सेना, नौसेना, वायुसेना, एनडीआरएफ र दमकलको सहयोगमा उद्धार कार्य जारी रहेको जानकारी गराएका छन ।

पहिरो प्रभावित क्षेत्रमा मुसलधारे पानी परिरहेको भएपनि उद्धार कार्य जारी रहेको अधिकारीले बताए ।

मुन्डक्काई चिया बगान भएको सानो सहर हो । उत्त सहरमा असम र पश्चिम बंगालका ठूलो संख्यामा मानिसहरू काम गर्छन् ।

मुख्यमन्त्री पिनाराई विजयनले पहिरो प्रभावित दुई महत्वपूर्ण स्थानमा अस्थायी पुल निर्माण गर्न सेनासँग सहयोग माग्नु भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com