हमासका प्रमुख इस्माइल हानियाको शुक्रबार दोहामा अन्त्येष्टि गरिने


प्रकाशित मिति : श्रावण १६, २०८१ बुधबार

हमासका प्रमुख इस्माइल हानियाको सार्वजनिक अन्त्येष्टि समारोह शुक्रबार दोहामा गरिने प्यालेस्टिनी समूहले जनाएको छ ।

हमासले जारी गरेको विज्ञप्तिमा हनियाको पार्थिव शरीरलाई कतारको राजधानी दोहामा औपचारिक र सार्वजनिक अन्त्येष्टि गरिने बुधबार जनाएको हो ।

लुसेलस्थित दोहाको सबैभन्दा ठूलो मस्जिद इमाम मोहम्मद बिन अब्दुल वहाबमा शुक्रबारको नमाजपछि अन्त्येष्टि गरिने बताइएको छ ।

हमासले जारी गरेको वक्तव्यमा भनिएको छ, “दोहामा आयोजित समारोहमा विभिन्न प्रभावशाली र लोकप्रिय अरब तथा इस्लामी नेताहरूको सहभागितामा हुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com