दक्षिण कोरियामा गर्मीका कारण २ लाख कुखुरा मरे


प्रकाशित मिति : श्रावण २२, २०८१ मंगलबार

दक्षिण कोरियामा यो वर्ष उष्ण लहरका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । करिब १ हजार ७ सय मानिसले गर्मीसँग सम्बन्धित रोगहरूको उपचार गराएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अत्यधिक गर्मीका कारण ७० वर्षका दुई महिलाको मृत्यु भएको थियो भने दुई दिनअघि खेतमा ढलेर ६५ वर्षीय पुरुषको आइतबार मृत्यु भएको थियो ।

देशभर जारी प्रचण्ड गर्मीका कारण मे २० र अगस्ट ४ को बीचमा थप तीन जनाको मृत्युले गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।

मे २० देखि अगस्ट ४ को बीचमा गर्मीसम्बन्धी रोगको उपचार गर्ने बिरामीहरूको कूल सङ्ख्या १ हजार ६ सय ९० पुगेको छ । यो गत वर्षको सोही अवधिमा भएको १ हजार ६ सय ४६ भन्दा बढी हो ।

हालको उष्ण लहरले २ लाख ७७ हजार कुखुरासहित ३ लाख ३ हजार पशुधन मरेका थिए । गत सातादेखि देशैभरको तापक्रम ३५ डिग्रीको हाराहारीमा रहेको र ४० डिग्री सेल्सियससम्म पुगेको छ ।

उष्णकटिबन्धीय रातहरूसँगै अत्यधिक गर्मी कम्तीमा अगस्ट १५ सम्म जारी रहने मौसम एजेन्सीले पूर्वानुमान गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com