युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गरे रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको स्वीकार
प्रकाशित मिति : श्रावण २७, २०८१ आईतबार
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पहिलो पटक आफ्नो सेनाले रुसको कुर्स्क क्षेत्रमा आक्रमण गरेको स्वीकार गरेका छन् ।
शनिबार राति एक टेलिभिजन सम्बोधनमा राष्ट्रपति जालेस्कीले युक्रेनको सेनाले युद्धलाई ‘आक्रामक क्षेत्रमा’ धकेलिरहेको बताए।
युक्रेनले अभियान सुरु गरेको पाँच दिनपछि यो बयान आएको हो। यस आक्रमणले रुसलाई स्तब्ध बनाएको छ भने सीमाको दुबै छेउमा ठूलो संख्यामा मानिसहरूलाई स्थानान्तरण गर्न प्रेरित गरेको छ।
आइतबार बिहान युक्रेनको किभ र सुमी क्षेत्रमा विस्फोट भएको खबर प्राप्त भएको छ ।
शनिबार आफ्नो सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले आफ्ना लडाकुहरूलाई धन्यवाद दिँदै रुसी भूभागमा भइरहेको कारबाहीबारे वरिष्ठ सेना कमाण्डर ओलेक्सान्डर सिर्स्कीसँग छलफल गरेको बताए।
उनले युक्रेनले न्याय सुनिश्चित गर्न र आक्रमणकारीलाई दबाब दिन सक्ने प्रमाणित गरिरहेको बताए ।