बंगलादेशका क्रिकेटर हसनलाई राष्ट्रिय टोलीबाट खेल्न अनुमति


प्रकाशित मिति : श्रावण ३०, २०८१ बुधबार

बङ्गलादेशका अपदस्थ सांसद एवं क्रिकेटर शकिब अल हसनलाई त्यहाँको नयाँ सरकारले पाकिस्तानमा राष्ट्रिय टोलीबाट खेल्न अनुमति दिएको छ ।

बङ्गलादेशका पूर्वकप्तान शकिब जनवरीमा सम्पन्न निर्वाचनपछि अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीको विधायक बनेका थिए ।

विद्यार्थीहरूको नेतृत्वमा भएको राष्ट्रिय विद्रोह पश्चात हसिनाले अचानक राजीनामा दिँदै हेलिकप्टरमार्फत भारत भागेसँगै संसद् भङ्ग भएपछि शकिबले सांसद पद गुमाउनु परेको थियो ।

अन्तरिम सरकारमा वास्तविक खेलमन्त्री रहेका २६ वर्षीय आसिफ महमुदले हसिना र अवामी लिगसँगको सम्बन्धका बावजुद शकिबलाई टोलीमा रहन अनुमति दिएको बताएका छन ।

लाहोरको गद्दाफी क्रिकेट रङ्गशालामा बुधबार ३७ वर्षीय शकिबलाई प्रशिक्षण गर्दै गरेको देखिएको थियो । उनी क्यानाडाबाट सिधै पाकिस्तानमा बङ्गलादेशी टोलीमा सामेल भए । क्यानाडामा उनले टि–२० प्रतियोगिता खेल्दै थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com