पहिरोमा पुरिएर एकै घरका ४ जनाको मृत्यु , ६ जनाले भागेर ज्यान जोगाए


प्रकाशित मिति : भाद्र २, २०८१ आईतबार

बझाङमा पहिरोमा बेपत्ता भएका ४ जनाको शव फेला परेको छ । उनीहरु सबै एकै परिवारका हुन । ६ जनाले भने भागेर ज्यान बचाएका त्यहाँको प्रहरीले बताएको छ ।

बुङ्गल नगरपालिका वडा नम्बर १० टुमेडाका बीरबहादुर धामीको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती ५५ वर्षीया काली धामी, बुहारी २५ वर्षीया गोल्की धामी तथा नातिनीहरु ६ वर्षकी आकृती र ३ वर्षकी लक्ष्मीको गएराती ज्यान गएको हो ।

प्रहरीका अनुसार चारै जनाको शव घरभित्र पुरिएको अवस्थामा फेला परेको थियो ।

सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक डिल्ली विष्टले दिनुभएको जानकारी अनुसार १ बजेतिर झरेको पहिरोले घर पुरेको हो ।

पहिरो घरमा खस्दा परिवारका ९ जना र १ जना पाहुना समेत गरी १० जना रहेकामा ६ जनाले भागेर ज्यान बचाएका छन । पहिरोमा ५ वटा बाख्रा पनि पुरिएर मरेका छन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com