भारतीय क्रिकेटर शिखर धवनद्वारा अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा


प्रकाशित मिति : भाद्र ७, २०८१ शुक्रबार

भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फ यो जानकारी दिएका हुन् ।

शिखर धवनले ३४ टेस्ट र १६७ ओडीआई खेलेका छन् ।

उनले एकदिवसीय खेलमा ६७९३ रन बनाएका छन् भने टेष्टमा ५८ इनिङ्समा २३१५ रन बनाएका छन् ।

शिखर धवनले भने, ‘आज म यस्तो बिन्दुमा उभिएको छु जहाँबाट फर्केर हेर्दा सम्झना मात्रै देख्छु र अगाडि हेर्दा सारा संसार देख्न सक्छु । मसँग सधैं भारतका लागि खेल्ने एउटै गन्तव्य थियो र त्यो भयो जसको लागि म धेरै मानिसहरूलाई धन्यवाद दिन्छु।’

शिखर धवनले आफ्नो परिवार, बाल्यकालका प्रशिक्षक, भारतीय टोली, बीसीसीआई, डीडीसीए र फ्यानहरूलाई धन्यवाद दिएका छन्। उनले आफ्नो क्रिकेट यात्रालाई अलविदा भन्दै भारतका लागि खेलेकोमा मनमा खुशी लागेको बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com