दुर्घटनामा भारतीय कार चालकको मृत्यु


प्रकाशित मिति : भाद्र ९, २०८१ आईतबार

पाल्पामा भएको कार दुर्घटनामा भारतीय कार चालकको मृत्यु भएको छ ।

रानीमहल सडकखण्ड अन्र्तगत तानसेन १ नारनडाँडा नजिक गएराती भएको दुर्घटनामा कार चालक भारत उत्तर प्रदेशका २८ बर्षीय विकास पाठकको मृत्यु भएको हो ।

भारतीय नम्बर प्लेटको युपी १४ डिएन १०४ नम्बरको कार आफै अनियन्त्रित भएर दुर्घटनामा परेको पाल्पा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

कारमा सवार अरु पाँच जना घाइते भएका छन । कार सडकबाट अन्दाजी १५० मिटर तल खसेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com