नेपालले पूर्वी नाकाबाट ३२ करोडको सिमेन्ट भारत पठायो , झापाका सिमेन्ट उद्योगी भने चिन्तामा


प्रकाशित मिति : भाद्र १२, २०८१ बुधबार

पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा ३२ करोडभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आर्थिक वर्ष २०८०/८१ मा पूर्वी नाका हुँदै ३२ करोड ६६ लाख ५ हजार मूल्य बराबरको ४९ हजार ९ सय ५९ मेट्रिकटन सिमेन्ट निर्यात भएको हो ।

देशका विभिन्न नाकाबाट विगत ३ वर्षअघिदेखि सिमेन्ट र क्लिङ्कर निर्यात हुँदै आए पनि यस नाकाबाट भने पहिलो पटक निर्यात भएको उहाँले जानकारी दिनुभयो ।

यस नाकाबाट निर्यात भएका सिमेन्ट भने झापामा उत्पादन नभएको सिमेन्ट व्यवसायीले बताएका छन् । जिल्लामा रहेका आठवटा सिमेन्ट उद्योगमध्ये ३ वटा बन्द अवस्थामा रहेका छन् ।

चालु रहेका ५ वटा उद्योगसमेत धरासायी अवस्थामा रहेको नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य उमेश डालमियाले बताउनुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com