ग्रीसमा मरेका माछाले दुर्गन्ध फैलाएपछि सफाइ गर्न सङ्कटकालको घोषणा


प्रकाशित मिति : भाद्र १५, २०८१ शनिबार

मध्य ग्रीसको बन्दरगाह शहर भोलोसमा मरेका माछाहरू हटाउन सरकारले एक महिना सङ्कटकालको घोषणा गरेको छ ।

एथेन्स समाचार एजेन्सीका अनुसार एक महिना लामो सङ्कटकालको घोषणाले पागासेटिक गल्फ पोर्ट (बन्दरगाह) को सफाइलाई गति दिन कोष र स्रोत जुटाउने र प्रयोग गर्नेछ ।

भोलोसको समुद्री किनार र नदीहरूमा कैयौँ टन मरेका माछाहरू थुप्रिएका छन् ।

एथेन्सको उत्तरमा रहेको भोलोस बन्दरगाहमा गत वर्ष आएको विनाशकारी बाढीपछि आएको यो दोस्रो वातावरणीय विपत्ति हो ।

बाढीले सन् १९६२ मा औलोविरुद्ध लड्नका लागि निकालिएको नजिकैको तालमा सामान्य अवस्थामाभन्दा तीन गुणा पानी जम्मा भएको थियो ।

गत शरद ऋतुमा ड्यानियल र एलियासको आँधीबेहरीपछि थेस्सालीको लगभग २० हजार हेक्टर समथर भूमिमा बाढी पसी व्यवसायिकरूपमा पालेका स्वच्छ पानीका माछालाई नदीहरूले समुद्रमा पुराएका थिए।

तातो पानीका माछाहरू भोलोस बन्दरगाहतिर गई मरेपछि शहरभरी दुर्गन्ध फैलिएको छ । अधिकारीहरूले भोलोस नजिकैको समुद्री किनारमा बगाइएका ५७ टन मरेका माछा हटाएका थिए ।

एर्टन्यूज च्यानलका अनुसार पागासेटिक नदीमा आएको बाढीमा डुबेका हजारौं मरेका माछामध्ये अधिकांशलाई निकालिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com