जेल तोडेर भाग्ने क्रममा कङ्गोमा १२९ जनाको मृत्यु


प्रकाशित मिति : भाद्र १८, २०८१ मंगलबार

डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा जेल तोड्ने प्रयासका क्रममा कम्तिमा १२९ जनाको मृत्यु भएको छ । त्यहाँका आन्तरिक मन्त्रीले सबैभन्दा ठूलो जेलमा साताव्यापी रुपमा झडप चलेको बताएका छन ।

यस घटनामा मृत्यु भएका मध्य २४ जनाको चेतावनी पछि गोली हानेर मृत्यु भएको हो ।

राजधानी किन्शासाको मकाला जेलमा कम्तीमा ५९ जना घाइते भएका छन् । यस घटनामा धेरै मानिसहरूलाई कुल्चिएको वा तथा भिडभाडमा प्रभावित भएको र धेरै महिलाहरू बलात्कृत भएको मन्त्रालयले जनाएको छ ।

प्रत्यक्षदर्शीहरूले जेल परिसरमा लामो समयसम्म गोली चलेको तथा तनावपुर्ण अवस्था सिर्जना भएको बताएका छन् ।

सरकारका प्रवक्ता प्याट्रिक मुयायाले हाल स्थिति “नियन्त्रणमा“ रहेको बताउनुभएको छ ।

अधिकारीहरूले कति कैदीहरू भागे वा भाग्ने प्रयास गरे भन्ने बारे केहि उल्लेख गरेका छैनन् । तर अनुसन्धान भने भइरहेको बताएका छन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com