मेसी र रोनाल्डो बालोन डे’ओरको मनोनयनमा परेनन्


प्रकाशित मिति : भाद्र २०, २०८१ बिहीबार

विश्व फुटबलका दुई सुपर स्टार लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो बालोन डे’ओरको मनोनयनमा पर्न असफल भएका छन ।

फ्रान्स फुटबल म्यागेजिनले प्रदान गर्ने विश्वकै चर्चित फुटबल अवार्ड विभिन्न विधाको मनोनयन सार्वजनिक हुँदा मेसी र रोनाल्डो मनोनयनमा नपरेका हुन ।

एर्लिङ हालान्ड , टोनि क्रुस , एमिलियानो मार्टिनेज, केलिएन एमबाप्पे, लाउटारो मार्टिनेज भने मनोनयनमा परेका छन ।

दुवै सन् २००३ पछि पहिलो पटक मनोनयनमा परेका छैनन् । मेसीले सर्वाधिक ८ पटक बालोन डे’ओर जितेका छन् भने रोनाल्डोले ५ पटक जितेका छन् ।

फ्रान्स फुटबलले बुधबार राति पुरुष वर्ष खेलाडी महिला वर्ष खेलाडी प्रशिक्षक युवा खेलाडी र गोलकिपरको मनोनयन सार्वजनिक गरेको हो ।

पुरुष वर्ष खेलाडीतर्फ ३० जना र महिलातर्फ पनि ३० खेलाडी मनोनयनमा परेका छन् ।

यस्तै महिलातर्फ पनि ३० खेलाडी मनोनयनमा परेका छन् । जसमा लाउरेन्स जेम्स , अइताना बोनमाटी, लुसी ब्रोन्ज, लगायत खेलाडी छन् ।

यसैगरी उत्कृष्ट गोलकिपरतर्फ एमिलियानो मार्टिनेज, उनाइ सिमोन, यान सोमेर र रोनवेन विलियम्स डिएगो कोस्टा, जियानलुजी डोनारुम्मा, ग्रगोर कोबेल, आन्द्रे लोउनिन, माइक माइगनान, जिओर्जी मामार्दाच्भिली मनोनयनमा छन् ।

उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिने कोपा ट्रफीका लागि करिम कोनाटे, कोबी माइनो, साभिन्हो, पाउ कुबार्सी, अलेजान्द्र गार्नाचो, अर्दा गुलेर, जाओ नेभेस, माथिस तेल, लामिन यामल र वारेन जायर एमेरी मनोनयनमा छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com