अफगानिस्तानमा लागुऔषध प्रयोगकर्ता बढ्दै , १ लाख बढी अस्पताल भर्ना


प्रकाशित मिति : भाद्र २३, २०८१ आईतबार

अफगानिस्तानमा १ लाख २२ हजार लागुऔषध प्रयोगकर्ताहरू अस्पतालमा भर्ना भएका छन् ।

अफगानिस्तान काउन्टर–नार्कोटिक पुलिसले विगत ३ वर्षमा ७८ हजार अपरेशन सञ्चालन गरेको थियो ।

अफगानिस्तानको काउन्टर नार्कोटिक्स पुलिस (सिएनपिए)नेशनल पुलिसको कमान्डअन्तर्गत मुलुकमा लागूऔषधसँग सम्बन्धित अनुसन्धान र अपरेसनहरू सञ्चालन गर्ने विशेषज्ञ बल हो ।

यसमा २० हजार लागुऔषध संदिग्धहरू पक्राउ परेका देशको काउन्टर नार्कोटिक्स विभागका उपप्रमुख मुल्लाह अब्दुल हक हमकरले बताउनुभयो ।

हमकरका अनुसार अफगानिस्तान काउन्टर नार्टोटिक पुलिसले पनि यस अवधिमा देशभर १ हजार चार सय ५० लागुऔषध प्रयोगशाला र ३७ हजार अफिम खेती नष्ट गरेको छ ।

अफगानिस्तानको कार्यवाहक सरकारले लागुऔषधको खतरा हटाउन अफिम खेती, लागूपदार्थको प्रशोधन र लागूऔषध ओसारपसारमा प्रतिबन्ध लगाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com