नेपालमा दैनिक २० जनासम्मले आत्महत्या गर्ने गरेको तथ्याङ्क , पुरुषको संख्या बढी


प्रकाशित मिति : भाद्र २५, २०८१ मंगलबार

नेपालमा दैनिक २० जनासम्मले आत्महत्या गर्ने गरेको तथ्याङ्क बाहिर आएको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा दैनिक १८ देखि २० जना सम्मले आत्महत्या गर्ने गरेका छन ।

आर्थिक वर्ष २०८०।८१ मा नेपालमा ७ हजार २ सय २३ जनाले आत्महत्या गरेका नेपाल प्रहरीले बताएको छ । ६० प्रतिशत आत्महत्याको कारण डिप्रेशन अर्थात गम्भीर प्रकारको उदासीनतासँग सम्बन्धित छ ।

विश्वभर प्रतिवर्ष ८ लाखभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको अनुमान छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुन्छ ।

आत्महत्या गर्ने सोच बनाएका व्यक्तिले सङ्केतमार्फत पूर्व जानकारी दिने हुनाले परिवार वा नजिकका आफन्त तथा साथीले ध्यान दिएर बेलैमा सावधानी अपनाएमा आत्महत्याको जोखिम टार्न सकिने मनोचिकित्सकहरुले बताउने गरेका छन ।

विगत १० वर्षमा सबैभन्दा बढी कोशी प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।

कुल ३२ हजार ८ सय ७८ जनाले आत्महत्या गरेकोमा २६ हजार ६ सय ५० जनाले झुण्डिएर र ५ हजार ६ सय ८७ ले विष खाएर आत्महत्या गरेका छन ।

महिलाको तुलनामा पुरुषले आत्महत्या गरेको प्रहरीले बताएको छ । तर आत्महत्याको प्रयास चाहिं पुरुषको तुलनामा महिलाले २ गुणा बढी गर्ने गरेका छन ।

विश्व स्वास्थ्य सङ्गठनले आत्महत्यालाई रोकथाम गर्न सकिने समस्याका रुपमा पहिचान गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com