अमेरिकी विदेशमन्त्री ब्लिन्केन रेल चढेर पोल्याण्ड पुगे


प्रकाशित मिति : भाद्र २७, २०८१ बिहीबार

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनबारे साझा धारणा बनाउन पोल्याण्डका नेताहरूसँग भेटवार्ता गर्नुभएको छ ।

युक्रेनी युद्धमा थप ऐक्यबद्धता जनाउन बेलायती विदेशमन्त्री डेभिड लामीसँग किएभको संयुक्त यात्रापछि शीर्ष अमेरिकी कूटनीतिज्ञ रेलबाट पोल्याण्ड जानुभएको हो ।

युक्रेनले रूसको भित्री भागसम्म आक्रमण गर्न हतियारको प्रयोगमा अनुमतिका लागि गरेको अनुरोधलाई तत्काल पुनरावलोकन गर्ने प्रतिबद्धता चाहेको छ ।

ब्लिन्केनले प्रधानमन्त्री डोनाल्ड टस्क र राष्ट्रपति आन्द्रेज डुडासँग वार्सामा छुट्टाछुट्टै भेटवार्ता गर्नुहुनेछ । पोल्याण्डले सन् २०२२ मा रूसले आक्रमण गरेयता युक्रेनलाई समर्थन गरिरहेको छ ।

ब्लिन्केनले युक्रेनका लागि व्यापक र दिगो समर्थन सुनिश्चित गर्न सहयोगीहरूसँग काम गर्ने आशा गर्नुभएको छ ।

युक्रेनले पश्चिमी सैन्य र आर्थिक सहयोग गरी अर्बौं डलर प्राप्त गरिरहेको छ । नोभेम्वर ५ मा हुने अमेरिकी राष्टपतिको चुनावअघि नै बाइडेन प्रशासनबाट युक्रेनले थप सहयोग र अनुमतिको अपेक्षा गरेको देखिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com