बाइडेन र ह्यारिसका बारेमा लेखेको पोष्ट एलोन मस्कले किन हटाए ?


प्रकाशित मिति : भाद्र ३१, २०८१ सोमबार

अमेरिकी खर्बपति व्यापारी एलोन मस्क अमेरिकामा राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको हत्या प्रयास कसैले नगरेको बताएपछि बिवादमा तानिनु भएको छ ।

मस्कले सामाजिक सञ्जाल एक्स मा राष्ट्रपति बाइडेन र ह्यारिसको हत्या प्रयास नगरिएको पोष्ट गर्नुभएको थियो । पछि त्यो पोष्ट हटाउदै मस्कले मजाकमा गरिएको पोष्ट भन्नुभयो । तर आलोचकहरुले उक्त पोष्टले हिंसालाई बढावा दिन खोजेको बताएका छन ।

अमेरिकी गोप्य सेवाले उक्त पोष्ट बारेमा सचेत रहेको बताएको छ । आइतवार फ्लोरिडामा आफनै गल्फ कोर्समा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको दोश्रो पटक हत्या प्रयास भएको केहि घण्टापछि मस्कको पोष्ट एक्समा आएको हो ।

ट्रम्पको समर्थनमा रहनु भएका मस्कलाई चुनाव जितेका सरकारी दक्षता आयोगको प्रमुख बनाउने ट्रम्पले बाचा गरिसक्नु भएको छ । एक्सका धेरै प्रयोगकर्ताहरुले मस्कको धारणाप्रति असहमति जनाउदै बिरोध गरेका छन ।

ट्रम्पको आश्वासनमा मस्क मख्ख परेर हिंसालाई प्रसयदिने खालको सन्देश सामाजिक सञ्जालमा पोष्ट परेको कतिपयले आरोप लगाएका छन । कतिपयले राष्ट्रपति र उपराष्ट्रपति बिरुद्ध भड्काउने पोष्ट भनेका छन ।

ह्वाइट हाउसले पोष्टप्रति प्रतिकृया जनाउदै मस्कको बयानबाजी गैरजिम्मेवारीपूर्ण भनेको छ । बिज्ञप्तिमा अमेरिकामा राजनीतिक र कुनैपनि हिंसाको स्थान नरहेको स्पष्ट पारिएको छ ।

हिंसालाई निन्दा गर्नुपर्दछ , प्रोत्साहन गर्न वा मजाक गर्नुहुदैन बिज्ञप्तिमा भनिएको छ । ह्वाइट हाउसले मस्कको पोष्टपछिका संभावित खतरा र परिणामहरुलाई नजिकबाट नियाल्न सुरक्षा संयन्त्रहरुलाई निर्देशन दिइएको बताएको छ ।

अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपति पदका लागि चुनाव हुदैछ । राष्ट्रपति पदका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसकाबिचमा तिब्र प्रतिश्पर्धा हुने बिभिन्न सर्भेक्षणहरुले देखाइरहेका छन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com