भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमणमा जाने


प्रकाशित मिति : आश्विन १, २०८१ मंगलबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा जानुहुने भएको छ । सेप्टेम्बर २१ देखि २३ सम्म प्रधानमन्त्री मोदीले अमेरिका भ्रमण गर्ने तय भएको बिदेश मन्त्रालयले बताएको छ ।

यस अवधिमा प्रधानमन्त्री मोदीले चौथो क्वाड लिडर सम्मेलनमा भाग लिनुहुनेछ । सम्मेलनलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्न लाग्नु भएको हो ।

क्वाड समिटमा नेताहरुले विगत एक वर्षमा भएका कामको प्रगतिको समीक्षा गर्नेछन् । इन्डो–प्यासिफिक क्षेत्रका देशहरूलाई उनीहरूको विकास लक्ष्यहरू पूरा गर्नका लागि मद्दत गर्न आगामी वर्षको एजेन्डा सेट गर्ने बताइएको छ ।

भारतले सन् २०२५ मा हुने क्वाड सम्मेलनको आयोजना गर्नेछ । भारतीय विदेश मन्त्रालयले मंगलबार सो जानकारी दिएको हो । क्वाड समूहमा भारत, अमेरिका, जापान र अष्ट्रेलिया रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com