इजरायल बोल्यो : युद्धको नयाँ चरण सुरु भयो , पेजर र वाकिटकी बिष्फोटनमा मौन


प्रकाशित मिति : आश्विन २, २०८१ बुधबार

इजरायलले युद्धको नयाँ चरण सुरु भएको बताएको छ । रक्षामन्त्री योग गालान्टले सेना संग कुराकानी गर्दै युद्धको नयाँ चरण सुरु हुर्दै गर्दा साहस , दृढता र लगनशीलता आवश्यक रहेको बताउनु भयो ।

हिज्बुल्लाह लडाकुले प्रयोग गरेका पेजर तथा वाकिटकीहरुमा बिष्फोटन भएको अर्कोदिन रक्षामन्त्री गालान्टाको भनाई बाहिर आएको हो । उहाँले सेना र सुरक्षानिकायको खुलेर प्रशंसा गर्नुभएको छ । र नतिजाहरु प्रभावशाली रहेको बताउनु भयो ।

लेवनानमा रहेका हिज्बुल्लाह लडाकुलाई लक्षित गरि भएको बिष्फोटनको जिम्मा अहिले सम्म कसैले लिएको छैन । तर लेवनान , इरान र हिज्बुल्लाहले इजरायलले बिष्फोटन गराएको आरोप लगाएको छ । इजरायलले यो घटनाका बारेमा आफनो धारणा बाहिर ल्याएको छैन ।

पेजर बिष्फोटनमा २ बालबालिकासहित १४ जना र वाकिटकी बिष्फोटनबाट ६ जनाको ज्यान गएको छ । मारिनेमा २ जना स्वास्थ्यकर्मी पनि रहेका छन ।

३ हजारबढि घाइते भएका छन । पेजर बिष्फोटन हिज्बुल्लाह लडाकु लक्षित भएको देखिएपनि दोश्रो बिष्फोटनमा सर्बसाधारण पनि मारिएका छन । धेरै मानिसहरु घाइते भएका छन ।

बिष्फोटन भएका पेजर र वाकीटकी ताइवानमा बनेको भनेर आशंका गरिएको भएपनि ताइवानले भने पेजर र वाकिटकी आफनो देशबाट निर्यात भएको कुनै सुचना नरहेको बताए छ ।

घटनाको लेबनान , इरान तथा हिज्बुल्लाहले निन्दा गरेका छन । उनीहरुले प्रतिरोध गर्नुपर्ने बताएका छन । पछिल्ला बिष्फोटनहरुमा इजरायलको सम्लग्नता देखियो भने युद्धले बिनासकारी रुप लिनसक्ने संभावना देखिएको छ ।

आम नागरिकले प्रयोग गर्ने सञ्चारका साधनलाई हतियार बनाउन कडा प्रतिबन्ध लगाइएको छ ।

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले सामूहिक विष्फोटको स्वतन्त्र छानबिनको लागि आव्हान गर्नुभएको छ । उहाँ यो घटनापछि भय र आतंक गहिरो भएको बताउनुहुन्छ ।

गत बर्ष अक्टोवरको ८ देखि इजरायल र हमासबिच युद्ध जारी रहेको छ । हिज्जबुल्लाहले इजरायलमाथी हमला गरिरहेको बिद्रोही हमास समूहलाई सघाउदै आएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com