अमेरिकाको मजदुर युनियन टिमस्टर्सले ट्रम्प र ह्यारिसलाई समर्थन नगर्ने


प्रकाशित मिति : आश्विन ३, २०८१ बिहीबार

अमेरिकामा रहेको इन्टरनेसनल ब्रदरहुड अफ टिमस्टर्सले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने बताएको छ ।

सन् १९९६ पछि यो युनियनले कुनै पनि राष्ट्रपतिको उम्मेदवारलाई समर्थन नगरेको पहिलोपटक भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन ।

टिमस्टर्स अमेरिकाको सबैभन्दा प्रभावशाली श्रमिक संघमध्येको एक हो । अमेरिका र क्यानडामा गरेर यो मजदुर संघका करिब १३ लाख सदस्य रहेको अनुमान गरिएको छ ।

टिमस्टर्सको यो निर्णयले श्रमजीवी मतदातालाई मनाउन प्रयास गरिरहनु भएकी कमला ह्यारिसलाई असर यु¥याउन सक्ने संभावना देखिएको छ ।

आन्तरिक रुपमा गरिएको सर्भेक्षणमा सहभागी मध्ये केहीले डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने बताएपनि अधिकांश कसैलाई पनि समर्थन नगर्ने पक्षमा देखिएका थिए ।

श्रमजीवीको मुद्धालाई लिएर ट्रम्प र ह्यारिसले केहि प्रतिबद्धता व्यक्त गरेको भएपनि प्रयाप्त भने नभएको टिमस्टर्सले बताएको छ ।

अमेरिकाको मिसिगन , पेन्सिलभेनिया लगाएतका केही राज्यहरुमा मजदुर यूनियनको प्रभाव राम्रो रहेको छ ।

अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपति चुनावका लागि दुबै उम्मेदवारहरुले चुनावी अभियानलाई तिव्र बनाएका छन ।

टिमस्टर्सलाई आफनो पक्षमा ल्याउनका लागि दुबै उम्मेदवारहरु ट्रम्प र ह्यारिसले सक्दो प्रयास गर्ने संभावना भने देखिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com