एक बर्षमा ६ सय बिष्फोटनका घटना , १५ सयको मृत्यु


प्रकाशित मिति : आश्विन ४, २०८१ शुक्रबार

सोमालियामा गत वर्षमा ६०० वटा इम्प्रोभाइज्ड एक्प्लिसिभ डिभाइस (आईईडी) बाट कम्तिमा १ हजार ५ सय सर्वसाधारणको मृत्यु भएको छ ।

सोमालियाका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका कार्यवाहक विशेष प्रतिनिधि जेम्स स्वानले सोमालिया राष्ट्रिय सुरक्षामा आत्मनिर्भरता र दिगोपनतर्फ अघि बढ्दै गएपनि आइइडीको खतरा भने अझै उस्तै रहेको बताउनुभयो ।

आईईडीको खतरा कत्तिको गम्भीर छ भन्ने सबैलाई थाहा छ । यो आक्रमण हाम्रा सोमालिया राष्ट्रिय सेना (एसएनए) का सिपाहीहरू लक्षित छ । यो खतराको समाधान खोज्नु अत्यन्त महत्त्वपूर्ण छ स्वानले मोगादिसुमा भन्नुभयो ।

सन् २०२३ मा आइईडीको कारण ३७८ को मृत्यु र ४७१ सोमाली सेना घाइते भएको रिपोर्ट गरेको संयुक्त राष्टले जनाएको छ ।

सन् २०२० देखि सोमाली सेनाले यूएन माइन एक्शन सर्भिस (यूएनमेएएस) द्वारा समर्थित आइईडीद्वारा उत्पन्न खतराको सामना गर्न बढ्दो क्षमता प्रदर्शन गरेको छ ।

आइईडीको निरन्तर खतरा विरुद्ध लडाईको नेतृत्व गरिरहेको यूएनमेएएसले सोमाली सेनाहरुलाई निरन्तर सहयोग प्रदान गर्दै आएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com