अमेरिका भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार


प्रकाशित मिति : आश्विन ५, २०८१ शनिबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिने भ्रमणको क्रममा शनिबार अमेरिका पुग्नुभएको छ ।

अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र जापानका प्रधानमन्त्री फुमियो किशिदासहितका नेताहरू सहभागी हुने क्वाड शिखर सम्मेलनमा सहभागी हुन आफू आतुर रहेको बताउनुभएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति बाइडेनसँगको भेटले दुई देशलाई भारत–अमेरिका व्यापक वैश्विक रणनीतिक साझेदारीलाई अझ प्रगाढ बनाउन नयाँ मार्गहरूको समीक्षा र पहिचान गर्न अनुमति दिने बताउनुभएको छ ।

क्वाड शिखर सम्मेलनको ठीक अघि प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग द्विपक्षीय बैठक गर्नुहुनेछ ।

भारत र अमेरिकाले मानव प्रयासका लगभग सबै क्षेत्रहरू समेट्ने साझा लोकतान्त्रिक मूल्यहरू, विभिन्न मुद्दाहरूको सम्बोधन प्रयास र जनता–जनताबीचको जीवन्त सम्पर्कद्वारा संचालित एक व्यापक विश्वव्यापी रणनीतिक साझेदारीको आनन्द उठाइरहेका छन् ।

सन् २०१५ मा १० वर्षका लागि नवीकरण भएको भारत–अमेरिका रक्षा सहयोग बाइडेनसँगको भेटवार्ताको एउटा प्रमुख मुद्दा हो । संयुक्त राज्य अमेरिका भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार पनि हो ।

छैटौँ क्वाड शिखर सम्मेलनले भारत, अस्ट्रेलिया, जापान र संयुक्त राज्य अमेरिकालाई विश्वव्यापी भलाइको लागि एक शक्तिको रूपमा स्थापित गर्ने र लचिलो खुला, स्वतन्त्र र समावेशी इन्डो–प्यासिफिकलाई समर्थन गर्ने प्रतिबद्धताका साथ उभ्याउने अपेक्षा गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीस र जापानका प्रधानमन्त्री फुमियो किशिदासँग इन्डो–प्यासिफिक क्षेत्रमा क्षेत्रीय सुरक्षा र सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

अमेरिकामा करिब ४४ लाख भारतीय वा भारतीय मूलका अमेरिकी मानिस रहेका छन् । भारतीय मूलका अमेरिकी अमेरिकामा तेस्रो सबैभन्दा ठूलो एसियाली समूह हो ।

प्रधानमन्त्री मोदी सेप्टेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घमा हुने ‘सुन्दर भविष्यका लागि बहुपक्षीय समाधान’ नारा दिइएको ‘समिट अफ द फ्यूचर’ मा पनि सहभागी हुनुहुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com