अमेरिकामा गोलीकाण्डका आरोपीलाई आजीवन कारावासको सजाय
प्रकाशित मिति : आश्विन ८, २०८१ मंगलबार
अमेरिकाको कोलोराडोमा भएको गोलीकाण्डका आरोपीलाई आजीवन कारावासको सजाय सुनाइएको छ । सन २०२१ मा कोलोराडोको एउटा किराना पसलमा २५ बर्षिय अहमद अल अलिसाले गोली चलाउदा १० जनाको मृत्यु भएको थियो ।
अलिसालाई पहिलो डिग्रीको हत्या र अन्य ४५ आरोपमा दोषी ठहर गर्दै निर्णायक मण्डलले आजीवन कारावासको सजाय सुनाएको हो । अलिसालाई प्यारोलको सुबिधा दिइएको छैन ।
अलिसाले आफुले गोली हानेको स्वीकार गरेपछि मानसिक अबस्था ठिक नभएकाले दोषी नभएको दावी गरिरहेकी थिइन ।
बोल्डर जिल्लाका न्यायधिबक्ता माइकल डगर्टीले जुरीहरुले गरेको फैसलाले पीडितलाई न्याय दिएको र आरोपीले सजाय पाएको बताए ।
आक्रमणमा आफ्ना प्रियजनहरू गुमाउने परिवारका सदस्यहरूका भावनात्मक बयानहरूको श्रृंखला सुनेपछि एलिसाको सजाय सुनाइएको हो । घटनामा २० देखि ६५ बर्षसम्मका १० जना मारिएका थिए ।
अलिसाका वकिलले गोली चलेको दिन मानसिक रोगबाट पीडित भएको र आक्रमणका क्रममा सहि गलत भन्न नसक्ने अबस्थामा रहेको दावी गरेका थिए ।
उनी सिरियामा जन्मेकी अमेरिकी नागरिक हुन ।