अमेरिकाको मिसौरीमा दुई दशकपछि मृत्युदण्ड


प्रकाशित मिति : आश्विन ९, २०८१ बुधबार

अमेरिकामा २ दशकअघि भएको घटनाका दोषी एकजना व्यक्तिलाई मृत्युदण्ड दिइएको छ । मिसौरी राज्यका मार्सेलस विलियम्सलाई मृत्युदण्ड दिइएको हो ।

उनलाई सन १९९८ मा लुइस उपनगरमा लिशा गेलको छुरा प्रहार गरि हत्या गरेको अभियोग लगाइएको थियो ।

विलियम्स गेलको घरमा प्रवेश गरी पर्स र श्रीमानको ल्यापटप चोर्नुअघि गेललाई ४३ पटक चक्कु प्रहार गरेका थिए ।

मिसौरीको शीर्ष अदालत र गर्भनरले विलियम्सको क्षमायाचनाको मागलाई अस्वीकार गरेपछि मृत्युदण्ड दिइएको हो । ५५ बर्षिय विलियम्सलाई घातक सुई दिएर मृत्युदण्ड दिइएको हो ।

हत्या गरिएकी गेल सामाजिक कार्यकर्ता र सेन्ट लुइस पोष्ट डिस्प्याचमा पूर्व रिर्पोटर रहेकी थिइन ।

मृत्युदण्ड दिदा विलियम्सका छोरा र २ जना वकिलहरु उपस्थित थिए ।

विलियम्सको परिवारले मृत्युदण्डको बदलामा आजीवन कारावासको लागि आग्रह गरेको थियो ।

विलियम्सको मृत्युदण्ड सन २०१५ र २०१७ मा रोकिएको थियो । विलियम्सले अन्तिम सम्म आफु निर्दोष रहेको बताएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com