अमेरिकी अर्थतन्त्रमा सुधार आएको सरकारद्धारा पुष्टि


प्रकाशित मिति : आश्विन १०, २०८१ बिहीबार

अमेरिकी अर्थतन्त्र वृद्धि भएको छ । उपभोक्ता खर्चको मजबुतीसँगै दोस्रो त्रैमासमा वृद्धि तीव्र भएको होे ।

वाणिज्य विभागको आर्थिक विश्लेषण ब्यूरोले दोस्रो त्रैमासको बास्तविक घरेलु उत्पादन (जीडीपी) ३.०५ वार्षिक दरमा बिना परिमार्जन बढेको बताएको छ ।
सर्वेक्षणमा अर्थशास्त्रीहरूले जीडीपी ३.०५ कै दरमा स्थिर रहने अनुमान गरेका थिए ।

पहिलो त्रैमासको वृद्धि अघिल्लो १.४५ बाट संशोधन गरी १.६५ भएको देखाइएको छ । सरकारले २०१९ को पहिलो त्रैमासदेखि २०२४ को पहिलो त्रैमाससम्मको राष्ट्रिय खाता डाटामा पुनरावलोकन गरेको छ ।

यस संशोधनले २०२३ मा आर्थिक वृद्धि र कर्पोरेट नाफा अघिल्लो अनुमानभन्दा बलियो भएको देखाएको छ।

यस संशोधनले जीडीपी र वास्तविक घरेलु आय (जीडीआई)बीचको अन्तरलाई पनि घटाएको छ ।

केही अर्थशास्त्रीहरूले यो अन्तरले जीडीपीले अर्थतन्त्रको स्वास्थ्यलाई अत्यधिक देखाइरहेको दाबी गरेका थिए ।

आयको आधारमा आर्थिक गतिविधि मापन गर्ने जीडीआईले अघिल्लो अनुमानित १.३५ बाट संशोधित भएर ३.४५ दरमा वृद्धि भएको बताएको छ ।

जनवरी देखि मार्च त्रैमासमा पनि जीडीआई ३.०५ दरमा संशोधित भएको थियो । पहिले यसलाई १.३५ बढेको रिपोर्ट सार्बजनिक गरिएको थियो ।

सिद्धान्तमा जीडीपी र जीडीआई बराबर हुनुपर्ने हो । तर व्यवहारमा ती फरक छन् । किनकि यी फरक स्रोत डाटामा आधारित हुन्छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com