चीनको आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको अमेरिकाको दावी


प्रकाशित मिति : आश्विन ११, २०८१ शुक्रबार

अमेरिकाले चीनको आणविक शक्ति सम्पन्न पनडुब्बी डुबेको दावी गरेको छ । अमेरिकाले यति ठुलो घटनालाई चीनले ढाकछोप गरेको बताएको छ ।

अमेरिकाका एक वरिष्ठ रक्षा अधिकारीले यस वर्षको सुरुमा एउटा पानीजहाज मर्मत गर्ने स्थान (शिपयार्ड) मा डुबेको पहिलो रिपोर्ट द वाल स्ट्रिट जर्नलले गरेको बताएका छन ।

उक्त पत्रिकाले सेटेलाइटबाट लिइएका तस्वीरमा पछि यसलाई बचाउन ठूलो फ्लोटिंग क्रेनहरू आएको देखिएको जनाएको थियो ।

बेइजिङको पिपुल्स लिबरेशन आर्मी नेभीलाई उद्धृत गर्दै वरिष्ठ अमेरिकी रक्षा अधिकारीले (पीएलए) नौसेनाले आफ्नो नयाँ आणविक शक्तिसम्पन्न पनडुब्बी सामुद्रिक तटमा डुबेको तथ्यलाई लुकाउन खोज्नु कुनै आश्चर्यको कुरा होइन भनेका छन ।

यो घटना आफ्नो नौसेनालाई आधुनिकीकरण गर्न खोजिरहेको चीनका लागि एक धक्का हो । उक्त जहाजमा ‘फ्रिगेट’ र ‘कार्वेट’जस्ता धेरै साना युद्धपोतहरू रहेका दावी गरिएको छ।

शुक्रबार उक्त समाचारबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयले पनडुब्बीसँग सम्बन्धित घटनाबारे आफूलाई ‘जानकारी नभएको’ बताएको छ ।

संयुक्त राज्य अमेरिका र बेलायतले अस्ट्रेलियालाई आणविक शक्तिसम्पन्न पनडुब्बी उपलब्ध गराउन काम गरिरहेका छन् । यसले समुद्रमुनिका उन्नत जहाजहरू भएका देशहरूको सम्बन्धलाई विस्तार गर्नेछ ।

पश्चिमा राष्ट्रहरुले संयुक्त रूपमा उन्नत युद्ध लड्ने क्षमताहरूको विकास गर्ने परिकल्पना गरेको भन्दै चीनले बिराध गर्दै आएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com