तत्काल लेबनान छोड्न आफ्ना नागरिकलाई जापानको आग्रह


प्रकाशित मिति : आश्विन ११, २०८१ शुक्रबार

इजरायलले लेबनानमा हेजबुल्लाह बिरुद्ध आक्रमण बढाएपछि जापानले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ ।

जापानले आफ्ना नागरिकलाई लेबनानबाट निकाल्न सैन्य उडानहरू तयार गर्ने निर्णय गरेको सरकारले जनाएको छ ।

इजरायली बम विष्फोटले यस हप्ता लेबनानमा सयौं मानिसहरूको ज्यान लिएको छ भने दुई देशबीच द्वन्द्व चर्किरहेको छ ।

रक्षा मन्त्रालयले जापानी नागरिकहरूलाई क्षेत्रबाट बाहिर निकाल्न आवश्यक भएमा वायु सेनाका विमानहरूलाई जोर्डन र ग्रीस जानका लागि तयार रहन आदेश दिइएको बताएको छ ।

इजरायल र हेजबुल्लाहबिच तनाव बढेकोमा निकै चिन्तित छ जापानका विदेशमन्त्री योको कामिकावाले भन्नुभएको थियो ।

इजरायलले लेबनानमा २१ दिने युद्धविरामका लागि सहयोगीहरूको दबाबलाई अस्वीकार गरेको छ । इजरायलले हेजबुल्लाह लडाकुहरूसँग लडाइँ जारी राख्ने वाचा गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com