पाकिस्तानी क्रिकेट टीमका कप्तान आजमद्धारा राजीनामा


प्रकाशित मिति : आश्विन १५, २०८१ मंगलबार

पाकिस्तानी क्रिकेटका कप्तान बाबर आज़मले राजीनामा दिएका छन । उनले सामाजिक सञ्जाल मार्फत पाकिस्तान क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएको घोषणा गरेका हुन ।

आफ्नो पोस्टमा उनले कप्तानीको अनुभवलाई शानदार भनेका छन् र आफ्ना फ्यानहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।

बाबर आज़मले आफ्नो सामाजिक सञ्जाल पोस्टमा पाकिस्तान पुरुष क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिने निर्णय गरेको छु लेखेका छन ।

उनले लेखेका छन्, टोलीको नेतृत्व गर्नु मेरो लागि सम्मानको कुरा थियो, तर अब मेरो लागि पद छोड्ने र मेरो खेलमा ध्यान केन्द्रित गर्ने समय आएको छ ।

आज़मले आफ्नो प्रदर्शनलाई प्राथमिकता दिने कुरा उल्लेख गरेका छन् । साथै, अब उनले आफ्नो परिवारसँग समय बिताउने पनि बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com