संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसलाई इजरायलले किन लगायो प्रतिबन्ध ?


प्रकाशित मिति : आश्विन १६, २०८१ बुधबार

इजरायलले संयुक्त राष्ट्रसङ्घका महासचिव एंटोनियो गुटेरेसलाई देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ।

इसराइलका विदेशमन्त्री इसराइल कात्जले ट्वीटमार्फत यसबारे जानकारी दिनुभएको हो ।

उहाँले भन्नुभएको छ जो कोही पनि इरानले इजरायलमाथि गरेको घृणित आक्रमणको स्पष्ट निन्दा गर्न सक्दैन, उसलाई इजरायली भूमिमा पाइला टेक्ने कुनै अधिकार छैन।

इसराइल कात्जले गुटेरेसलाई हमासले सात अक्टोबरमा गरेको जनसंहार र यौन हिंसाको निन्दा नगरेको र हमासलाई आतङ्ककारी संगठन घोषणा गर्न कुनै प्रयास नगरेको भन्दै आलोचना गर्नुभएको छ ।

गुटेरेसलाई संयुक्त राष्ट्रको इतिहासमा कलङ्कका रूपमा सम्झिने इजरायलले आरोप लगाएको छ ।

मङ्गलबार राति इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि गुटेरेसले ‘मध्यपूर्वमा बढ्दो द्वन्द्व’ को निन्दा गर्दै यस क्षेत्रमा ‘एकपछि अर्को बढ्दो द्वन्द्व’ को आलोचना गर्दै आउनु भएको छ ।

“यो रोक्नै पर्छ, हामीलाई पूर्ण रूपमा युद्धविरामको आवश्यकता छ”, उहाँले भन्नुभयो । इजरायल संयुक्त राष्ट्रसङ्घको कडा आलोचक रहँदै आएको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायल र राष्ट्रसङ्घबीचको सम्बन्ध झन बिग्रिएको छ ।

गुटेरेसले गाजा र लेबनान दुवैमा लडाइँ रोक्न युद्धविरामका लागि बारम्बार आह्वान गर्नुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com