हिजबुल्लाहका सम्भावित नेता सफिदीन इजरायली हमलामा मारिएको आशंका


प्रकाशित मिति : आश्विन १९, २०८१ शनिबार

हिज्बुल्लाहका सम्भावित नेताका रुपमा चिनिने हाशेम सफिदीन मारिएको आशंका गरिएको छ । यसै साता इजरायली आक्रमणपछि उहाँसंगको सम्पर्क टुटेको बताइएको छ ।

बेरूतको दक्षिणी उपनगरमा शुक्रबार बिहानै भएको हिंसात्मक आक्रमणपछि सैयद सफिददिनसँग सम्पर्क टुटेको छ हिजबुल्लाहका अधिकारीले बताएका छन ।

इजरायलले आक्रमणको निशाना बनाएको स्थलमा हुनुहुन्थ्यो वा हुनुहुन्नथ्यो र उहाँसँग अन्य को को थिए हामीलाई थाहा भएको छैन ति अधिकारीले भनेका छन ।

सफिद्दीन हज मुर्तदा भनिने हिजबुल्लाहको गुप्तचर प्रमुखसँग रहेको हिजबुल्लाह समूहले बताएको छ ।

हिजबुल्लाहनिकट स्रोतका अनुसार इजरायलले समूहको दक्षिणी बेरुत गढमा लगातार ११ वटा आक्रमण गरेको छ ।

जुन गत साता इजरायलले आफ्नो बमबारी अभियानलाई तीव्र बनाए यताको सबैभन्दा शक्तिशाली आक्रमण पनि हो ।

इजरायली सेनाले बेरुतस्थित हिजबुल्लाहको गुप्तचर मुख्यालयमा आक्रमण गरेको जनाएको छ ।

इजरायली सेनाले दक्षिण बेरुतमा रहेको हिज्बुल्लाहको मुख्यालयमा भएको हवाई आक्रमणमा हिज्बुल्लाहका नेता हसन नसरल्लाहको मृत्यु भएको बताएको एक हप्तापछि उक्त आक्रमण भएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com