आँधी प्रभावित उत्तर क्यारोलिनामा थप ५०० सैनिक पठाउन बाइडेनको आदेश


प्रकाशित मिति : आश्विन २०, २०८१ आईतबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले पश्चिमी उत्तर क्यारोलिनामा थप ५ सय सक्रिय ड्युटी सैनिक पठाउन आदेश दिनुभएको छ । हरिकेन हेलेनपछिको पुनःस्थापना प्रयासहरूमा सहयोग पुर्याउन सकियोस् भनेर राष्ट्रपति वाइडेनले रक्षा मन्त्रालयलाई यो आदेश दिनुभएको हो ।

थप सैनिकहरूसँगै कुल संख्या त्यहाँ लगभग १ हजार ५०० पुगेको छ । राष्ट्रपति बाइडेनले गएको हप्ता करिब १ हजार सैनिकलाई उक्त क्षेत्रमा पठाउन आदेश दिनुभएको थियो ।

यी सैनिकहरू हरिकेन हेलेनको सामना गर्न गरिएको संघीय प्रयासको एउटा हिस्साको रुपमा खटिने छन ।

यसका अतिरिक्त ६ हजार १०० भन्दा बढी नेशनल गार्डका सदस्यहरू र ७ हजार भन्दा बढी संघीय कर्मचारीहरू पनि यस प्रयासमा संलग्न रहेका छन ।

गार्डका सदस्यहरूले प्रभावित क्षेत्रहरूमा उद्धार प्रयासको नेतृत्व गरिरहेका रक्षा विभागले बताएको छ ।

यो घोषणा उत्तर क्यारोलिनाका गभर्नर रोय कूपर (डेमोक्र्याट) र संघीय आपतकालीन व्यवस्थापन एजेन्सी को थप सैनिकहरूको लागि अनुरोधपछि गरिएको हो।

नयाँ सक्रिय सैनिकहरू उन्नत प्रविधिक उपकरणहरू सहित पुगेका छन् र भूस्तरमा अवस्था बुझ्न मद्दत पुर्याउने र भविष्यका स्रोतहरूको योजना बनाउन सहयोग गर्ने ह्वाइट हाउसले बताएको छ ।

अमेरिकी सेना अभियन्ता कोरले उत्तर क्यारोलिनामा तीनवटा आपतकालीन अपरेसन केन्द्र स्थापना गरेको छ । जबकि दक्षिणपूर्व क्षेत्रमा जम्मा १२ वटा छन् ।

आपतकालीन पावर टीमले भू स्तरमा पानी र फोहोर पानीको मूल्यांकन गर्ने, पुलहरू र सडकहरूको निरीक्षण गर्ने, र उत्तर क्यारोलिना र फ्लोरिडामा फोहोर हटाउने काम गरिरहेको बताइएको छ ।

बाइडेन प्रशासनले १३७ मिलियनको संघीय सहयोगको घोषणा पनि गरेको छ । पीडितहरूलाई पुनःस्थापनाका प्रयासहरू अघि बढाउन यो सहयोगले टेवा पुर्याउने बाइडेन प्रशासनका अपेक्षा रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com