अमेरिकी वैज्ञानिक भिक्टर र ग्यारीलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दिइने


प्रकाशित मिति : आश्विन २१, २०८१ सोमबार

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।

माइक्रोआरएनए पत्ता लगाउने अमेरिकी वैज्ञानिक ग्यारी रुभ्कनले अर्का बैज्ञानिक अमेरिकी भिक्टर एम्ब्रोसका साथमा चिकित्साशास्त्रतर्फको यस बर्षको नोबेल पुरस्कार दिइने घोषणा गरिएको हो ।

नोबेल पुरस्कारमा एउटा डिप्लोमा, एउटा सुनको पदक र दुई जनाले बाँड्नुपर्ने १० लाख डलरको चेक समावेश छ ।

सहकार्य गर्दै तर अलग–अलग काम गर्दै उहाँहरूले माइक्रोआरएनए पत्ता लगाउनुभयो ।

माइक्रोआरएनए साना आरएनए अणुहरूको नयाँ वर्ग हो । यसले नियमनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ र बदलामा प्रत्येक कोशिकालाई सान्दर्भिक निर्देशनहरू मात्र छनोट गर्न अनुमति दिन्छ ।

गलत तरिकाले हुने जिन नियमनले क्यान्सर र मधुमेह जस्ता गम्भीर रोग निम्त्याउन सक्छ ।

जटिल संरचना भएका जीवहरूको उद्विकास माइक्रोआरएनएले गर्नै जिन रेगुलेशन विधिका कारण सम्भव भएको ठानिन्छ ।

अध्ययनहरूले माइक्रोआरएनए नहुँदा कोष र तन्तुको विकास सामान्य रूपमा हुन नसक्ने देखाएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com