अमेरिकाको सुन खानीमा भएको दुर्घटनामा १ को मृत्यु , २३ को उद्धार


प्रकाशित मिति : आश्विन २५, २०८१ शुक्रबार

अमेरिकाको कोलोराडो राज्यमा रहेको सुन खानीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २३ जनालाई उद्धार गरिएको छ । सुन खानीमा रहेको लिफ्ट बिग्रिएपछि उत्त दुर्घटना भएको हो ।

दुई समूहका १२–१२ जना पर्यटकले क्रिपल क्रीकस्थित मोली क्याथलिन सुन खानीको भ्रमण गरिरहेका बेला यो दुर्घटना भएको हो ।
लिफ्ट बिग्रिएपछि एउटा समूह जमिनमुनि करिब ६ घण्टा फस्न पुगेको थियो।

पहिलो समूहमा एक जनाको मृत्यु भएको छ भने बाँकी ११ जनालाई उद्धार गरिएको छ । जसमा दुई बालबालिका पनि छन ।

उद्दार गरिएका चार जनालाई सामान्य चोटपटक लागेको थियो। दोस्रो समूहका १२ जना सुरुङभित्र फसेका थिए । तर उनीहरूलाई पछि सुरक्षित रुपमा निकालिएको थियो ।

पर्यटकलाई ३०५ मिटर तल पाइक्स पीकको दक्षिण–पश्चिम भागमा लिफ्ट मार्फत पुराउने गरिन्छ ।

खानीको वेबसाइटका अनुसार लिफ्ट झण्डै ५०० फिट तल जाँदा मेकानिकल समस्या देखिएको थियो । जसले लिफ्टमा चढेकाहरुलाई गम्भीर जोखिममा पारेको थियो ।

उद्दार टोलीहरूले जमिनमुनि फसेका अन्य १२ जनासँग रेडियोमार्फत् सम्पर्क गरेका थिए । सन् १८९० को दशकको यो खानीमा जानु लिफ्टमा यात्रा गर्न जस्तै हुने वेबसाइटमा उल्लेख गरिएको छ ।

जहाँ खानीका उपकरणहरूको आवाज पनि सुन्न सकिन्छ। खानीको प्राकृतिक अवस्थामै सुनका थुप्रै भेगहरू हेर्न सकिन्छ।

पर्यटकहरूले तिर्ने शुल्कले खानीलाई सुरक्षित अवस्थामा राख्न मद्दत पुग्ने पनि वेबसाइटमा उल्लेख गरिएको छ।

अधिकारीहरूले यस खानीमा पछिल्लो पटक १९८६ मा यस्तै घटना भएको थियो ।

यो खानी मोली क्याथलिन गोर्टनरको नामबाट राखिएको हो । जो १८९१ मा क्रिपल क्रीक गोल्ड क्याम्पमा सुन पत्ता लगाउने पहिलो महिला हुन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com