ट्रम्प नियन्त्रणविहीन शक्तिको खोजीमा रहेको ह्यारिसको आरोप


प्रकाशित मिति : आश्विन २८, २०८१ सोमबार

अमेरिकामा हुने राष्ट्रपति चुनाव नजिकिदै गर्दा कमला ह्यारिसले ट्रम्पसँग आफ्ना विश्वासहरूको भिन्नता देखाउने प्रयास गरिरहनु भएको देखिएको छ । आफना मुद्धाहरुमा भिन्नता रहेको र देशको नेतृत्व गर्न प्रष्ट योजनासहित उम्मेदवार बनेको बताउनु भएको छ ।

उहाँले मतदाताहरूलाई प्रोजेक्ट २०२५ बारे अनुसन्धान गर्न आग्रह गर्नुभएको छ । जुन संघीय सरकारलाई पुनःनिर्माण गर्ने एउटा परम्परावादी योजना हो ।

यदि रिपब्लिकनले ह्वाइट हाउस जित्यो भने अमेरिकालाई परम्परावादी योजना अनुसार नै सञ्चालन गर्ने बताउनु भयो ।

साथै, उहाँले गर्भपतनको मुद्दा र ट्रम्प समर्थकहरूले ६ जनवरीमा क्यापिटोलमा गरेको आक्रमणको विषयलाई पनि उठाउनु भएको छ ।

यो २०१६ वा २०२० होइन । अहिलेको दाउ अझै ठूलो छ, उहाँले हालसालैको सर्वोच्च अदालतको निर्णयको सन्दर्भमा भन्नुभएको छ कि जसले केही आधिकारिक कार्यहरूको लागि अमेरिकी राष्ट्रपतिहरूलाई व्यापक कानुनी प्रतिरक्षा प्रदान गरेको छ।

उहाँले भन्नुभएको छ यो निर्णयले ट्रम्पलाई पहिलो दिनबाटै तानाशाह बन्ने बाटो खुला गरिदिनेछ । त्यसपछि ह्यारिसले ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई सत्रुू भनेको क्लिप देखाउनु भएको छ ।

पेन्सिल्भेनियामा रहेको आन्तरिक सत्रुको बारेमा कुरा गरिरहेका छन् । जसले उनलाई समर्थन गर्दैनन् वा उनको इच्छामा झुक्दैनन्, उनीहरूलाई देशको सत्रु भनिरहेका छन् ट्रम्पबिरुद्ध आफना धारणाहरु सार्बजनिक गर्ने क्रममा ह्यारिसले भन्नुभएको छ ।

ह्यारिसले भन्नुभएको छ यदि ट्रम्प बिजयी भएमा ट्रम्पको दोस्रो कार्यकाल खतरनाक हुनेछ । ट्रम्पलाई बढ्दो अस्थिर र विचलित भन्दै, उहाँले डोनाल्ड ट्रम्प नियन्त्रणविहीन शक्तिको खोजीमा रहेको आरोप लगाउनु भएको छ ।

अमेरिकामा नोभेम्वर ५ मा राष्ट्रपतिको चुनाव हुदैछ । पछिल्ला सर्भेक्षणहरुले ट्रम्प भन्दा ह्यारिस थोरै मतान्तरले अघि देखाएको छ । तर चुनाव निक्कै प्रतिश्पर्धात्मक हुने अनुमान गरिएको छ । विश्लेषकहरुले स्वीड राज्यहरुको मतपरिणामले नतिजालाई प्रभाव पार्ने निश्चित जस्तै छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com