हमास प्रमुख सिनवार मारिएपछि अमेरिकाको प्रतिकृया : सम्पूर्ण विश्वका लागि राम्रो दिन


प्रकाशित मिति : कार्तिक १, २०८१ बिहीबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले हमास प्रमुख यह्या सिनवार मृत्युले इजरायल, संयुक्त राज्य अमेरिका, र सम्पूर्ण विश्वका लागि राम्रो सन्देश दिएको बताउनु भएको छ । उहाँले सिनवार मारिएको दिनलाई राम्रो दिन भन्नुभएको छ ।

बाइडेनले सिनवार हजारौं इजरायली, प्यालेस्टिनी, अमेरिकी, र ३० भन्दा बढी देशका नागरिकहरूको मृत्युका लागि जिम्मेवार रहेका बताउनु भएको छ ।

२०२३ अक्टोबर ७ को हत्याकाण्ड, बलात्कार, र अपहरणको योजनाकार रहेका अमेरिकाले बताएको छ ।

त्यो दिन १ हजार २०० भन्दा बढी व्यक्तिहरू मारिएका थिए । तीमध्ये ४६ अमेरिकीहरू रहेका बाइडेनले भन्नुभएको छ । अझै १०१ हराइरहेका छन् । तीमध्ये सात जना अमेरिकीहरू छन् । सिनवार यो सबैको लागि मुख्य जिम्मेवार व्यक्ति थिए भनेर बाइडेनले भन्नुभएको छ ।

आज फेरि प्रमाणित भयो कि संसारको कुनै पनि स्थानमा रहेका आतङ्ककारीहरू न्यायबाट बच्न सक्दैनन् भन्ने प्रमाणित भएको बाइडेनले भन्नुभएको छ ।

संयुक्त राज्य अमेरिकाले २०११ मा ओसामा बिन लादेनलाई मार्न गरिएको आक्रमणपछि प्राप्त गरेको खुशी जस्तै सिनवार मारिएपछि इजरायली जनताले खुशी प्राप्त गरेको उहाँको भनाई छ ।

म चाँडै प्रधानमन्त्री नेतान्याहूसँग कुरा गर्नेछु, उनीहरूलाई बधाई दिन, बन्धकहरूलाई उनीहरूको परिवारमा फर्काउने मार्गबारे छलफल गर्न, र यो युद्धको अन्त्य गर्न, जसले निर्दोष व्यक्तिहरूलाई धेरै पीडा दिएको छ , राष्ट्रपति बाइडेनले भन्नुभयो ।

अब गाजामा हमासको नेतृत्व बिनाको नयाँ युग आउने अवसर छ, जसले इजरायलीहरू र प्यालेस्टिनीहरू दुवैको लागि राम्रो भविष्यको सम्भावना दिन्छ अमेरिकी राष्ट्रपति बाइडेनको प्रतिकृया छ ।

इजरायली सेनाका अनुसार सिनवार र तीन जना लडाकुहरूलाई बुधबार रफाहमा रहेको एक भवनमा छापा मार्ने क्रममा मारिएको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com