न्युजिल्याण्डलाई पहिलो पटक महिला टी–२० विश्वकप क्रिकेटको उपाधि


प्रकाशित मिति : कार्तिक ४, २०८१ आईतबार

न्युजिल्याण्डले पहिलो पटक आइसीसी महिला टी–२० विश्वकपको उपाधि जितेको छ ।

फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजिल्याण्ड च्याम्पियन भएको हो ।

तेस्रो पटक विश्वकपको फाइनल खेलेको न्युजिल्यान्ड पहिलो पटक च्याम्पियन बनेको हो।

टस हारेर पहिला ब्याटिंग गरेको न्युजिल्याण्डले १५९ रनको लक्ष्य दिएको थियो ।

दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउदै १२६ रन मात्र बनाएपछि न्युजिल्याण्ड बिजयी भएको हो ।

यस अघि महिला टी–२० विश्वकपको उपाधि अस्ट्रेलियाले ६ पटक तथा इङल्याण्ड र वेस्ट इन्डिजले एक एक पटक जितेका थिए।

यसअघि न्युजिल्यान्ड सन् २००९ र २०१० मा फाइनलमा पुगेको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com