गलत सूचना रोक्न आफूले सकेको सबै गर्ने ह्यारिसको चेतावनी


प्रकाशित मिति : कार्तिक ४, २०८१ आईतबार

अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले विपक्षीहरूले फैलाउन खोजेको गलत सूचना रोक्न आफूले सकेको सबै गर्ने बताउनु भएको छ ।

ह्यारिसले भन्नुभएको छ धेरै व्यक्तिहरू छन् जो गलत सूचना र मिथ्या सूचना सहितका कुरा फैलाएर केही मानिसहरूलाई मतदान गर्नबाट हतोत्साहित गर्न खोज्नेछन् ।

त्यसकारण म हरेक समुदायमा समय बिताइरहेकी छु ताकि उनीहरूले मबाट सिधै सुन्न सकून् र आफूले स्वतन्त्र रूपमा निर्णय गर्न सकून् ह्यारिसले भन्नुभएको छ ।

यसअघि पेन्सिल्भेनियामा बोल्दै, डोनाल्ड ट्रम्पले सबै राष्ट्रपतिको उम्मेदवारहरूले संज्ञानात्मक परीक्षण पास गर्नुपर्ने बताउनु भएको थियो । उहाँले आफ्नो मानसिक स्वास्थ्य भने ठिकठाक रहेको दाबी गर्नुभएको थियो ।

ह्यारिसलाई संकेत गर्दै उहाँले भन्नुभयो मलाई कुनै संज्ञानात्मक समस्या छैन अर्को उम्मेदवारसंग हुनसक्छ ।

७८ वर्षीय ट्रम्पले ल्यान्कास्टरमा आयोजित टाउन हल कार्यक्रममा राष्ट्रपति बन्न चाहने सबै व्यक्तिले उमेरको आधारमा नभएर संज्ञानात्मक परीक्षण पास पनि गर्नुपर्छ भन्नुभयो ।

अमेरिकामा नोभेम्वर ५ का राष्ट्रपति चुनाव हुदैछ । उक्त चुनावमा पूर्व राष्ट्रपति रिपव्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र उपराष्ट्रपति डेमोक्रयाटिक उम्मेदवार कमला ह्यारिसका बिचमा तिब्र प्रतिश्पर्धा हुने देखिएको छ ।

पछिल्ला सर्भेक्षणहरुले ट्रम्प र ह्यारिसका बिचमा कडा टक्कर हुने देखाएका छन । स्विङ स्टेटहरुले नजितालाई प्रभाव पार्ने अनुमान गरिएको छ ।

त्यसकारण उम्मेदवारहरुले ति राज्यहरुमा आफना अभियान केन्द्रीत गरेका देखिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com