युक्रेनले ट्रम्पलाई किन राष्ट्रपतिको रुपमा देख्न खोजिरहेको छैन ? कारण यस्तो छ


प्रकाशित मिति : कार्तिक ५, २०८१ सोमबार

अमेरिकी रक्षामन्त्री लोयड अस्टिन युक्रेन पुग्नु भएको छ । यो भ्रमण रुससँगको युद्धमा युक्रेनका लागि महत्त्वपूर्ण क्षण र अमेरिकी चुनावअघिको केही हप्तामा समर्थनको प्रदर्शन हो ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पश्चिमी सहयोगीहरूलाई लामो दूरीका हतियारहरूको प्रयोगमा प्रतिबन्ध हटाउन र नाटोमा तत्काल सामेल हुन निमन्त्रणाका लागि दबाब दिइरहनुभएको बेला अस्टिन किएभ पुग्नुभएको हो ।

तथापि युक्रेनलाई अर्को महिना डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा निर्वाचित भए अमेरिकी सैन्य समर्थन घट्ने सम्भावनाको डर छ । किननी ट्रम्पले युक्रेनलाई अमेरिकाले अनावश्यक सहयोग गरिरहेको बताइरहनु भएको छ । उहाँले आफु निर्बाचित भए तत्काल युद्ध रोकिने बताइरहनु भएको छ ।

पूर्व घोषणा नगरिएको भ्रमणले संयुक्त राज्य अमेरिका, अन्तर्राष्ट्रिय समुदाय निरन्तर युक्रेनको साथमा रहेको देखाउँछ अस्टिनले भन्नुभएको छ ।

त्यहाँ रहदा उहाँले युक्रेनी नेताहरूसँग भेट गर्नुहुने अमेरिकी रक्षा मन्त्रालयले बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार जर्मनी, फ्रान्स र बेलायतका नेताहरूसँगै युक्रेनलाई समर्थन जारी राख्ने प्रतिज्ञा गर्दै ‘रुसको निरन्तर आक्रामक युद्धको’ निन्दा गर्नुभयो ।

युक्रेनी राष्ट्रपति कार्यालयका एक उच्च अधिकारीका अनुसार अस्टिनको भ्रमण सम्भवतः गत हप्ता जेलेन्स्कीले सहयोगीहरूसामु प्रस्तुत गर्नुभएको ‘विजय योजना’ मा केन्द्रित हुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com