अमेरिकामा निजी हेलिकप्टर दुर्घटना हुँदा बच्चासहित ४ जनाको मृत्यु


प्रकाशित मिति : कार्तिक ५, २०८१ सोमबार

अमेरिकाको ह्यूस्टनमा एउटा हेलिकप्टर रेडियो टावरमा ठोक्किँदा एक बच्चासहित ४ जनाको मृत्यु भएको छ ।

निजी विमानले ह्युस्टनको सेकेन्ड वार्डस्थित रेडियो टावरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

ह्युस्टन प्रहरीका अनुसार उक्त दुर्घटनामा कुनै घर वा संरचनामा क्षति पुगेन । तर रेडियो टावरमा ठोक्किएपछि भने आगो लागेको थियो । आगो दुईदेखि तीन ब्लकसम्म फैलिएको थियो ।

हेलिकप्टरमा रहेका सबै ४ जनाको मृत्यु भएको हो । तर जमिनमा कुनै पनि मानिस घाइते भएका छैनन् ।

ह्युस्टन प्रहरीका लेफ्टिनेन्ट जोनाथन फ्रेन्चले पत्रकार सम्मेलनमा बोल्दै यो एक डरलाग्दो घटना भएको बताउनु भयो ।

राष्ट्रिय यातायात सुरक्षा बोर्ड र संघीय उड्डयन प्रशासनले दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com