अमेरिकामा आमाबाबुको हत्यापछि जेल परेका दाजुभाइ ३४ बर्षपछि मुक्त हुदै


प्रकाशित मिति : कार्तिक ८, २०८१ बिहीबार

अमेरिकाको लस एन्जलसमा ३४ बर्षदेखि जेलमा रहेका दाजुभाइलाई प्रहरीले जमानतमा मुक्त गर्न सिफारीस गरेको छ ।

प्रहरीले गरेको यो सिफारिसलाई अदालतले स्वीकार गरर्यो भने दाजुभाइ एरिक र लाइल मेनेंडेज धरौटीमा रिहा हुने संभावना बलियो हुनेछ ।

प्रहरीहरुले एरिक र लाइल मेनेंडेजलाई १९८९ मा आफ्ना आमाबाबुलाई बेभरली हिल्सको घरमा हत्या गरेको आरोपमा पुनः सजायको सिफारिस गरेको हो ।

यो सिफारिससंगै ३४ वर्षदेखि जेलमा रहेका यी दुई दाजुभाइलाई स्वतन्त्रताको मौका दिने सम्भावना खुला भएको हो । लस एन्जलस काउन्टीका जिल्ला अधिवक्ता जर्ज गास्कनले दाजुभाइलाई जन्मकैदको नयाँ सजायको सिफारिस गर्ने बताएका छन् ।

उनले भने अनुसार, अपराध भएको बेला उनीहरु २६ वर्ष मुनिका भएकाले उनीहरू तुरुन्तै जमानत अर्थात धरौटीका लागि योग्य हुनेछन् । पुनः सजायको प्रस्ताव न्यायाधीशले स्वीकृत गर्नुपर्नेछ । राज्यको पैरोल बोर्डले उनीहरूको रिहाइको निर्णय गर्नुपर्नेछ ।

प्रहरीहरुले नै यो निवेदन दर्ता गराएकाले एक महिनाभित्र नै न्यायाधीशसमक्ष सुनुवाइ हुनसक्ने संभावना रहेको छ । मेनेंडेज दाजुभाइलाई सन् १९९६ मा बिना जमानत जन्मकैदको सजाय सुनाइएको थियो ।

त्यसबेला लाइल मेनेंडेज २१ वर्षका र एरिक मेनेंडेज १८ वर्षका थिए । उनीहरुले आफ्नो बुबा, जोसे मेनेंडेज, र आमा किटी मेनेंडेजलाई गोली हानेको स्वीकार गरेका थिए । दाजुभाइको विस्तारित परिवारले उनीहरुको रिहाइको लागि आग्रह गर्दै आएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com