आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ : अमेरिकाले नेपाललाई तीन विकेटले हरायो


प्रकाशित मिति : कार्तिक ११, २०८१ आईतबार

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को शृङ्खलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा नेपाली समयानुसार आइतबार राती भएको खेलमा अमेरिकाले नेपाललाई तीन विकेटले हराएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अमेरिकालाई जितको लागि दुई सय ८७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले ७ विकेट गुमाउँदै ४९ दशमलव ४ ओभरमा पूरा गर्यो ।

अमेरिकाको जितमा ब्याट्सम्यान शायन जहाँगीरले प्रदर्शन गरे । उनले ९७ बलमा १०४ रन बनाए । उनले सो क्रममा ४ छक्का र १२ चौका हिर्काए ।

यस्तै, अमेरिकाको लागि कप्तान मोनांक पटेलले ७६ बलमा ६२ रन बनाए । उनले ५ चौका समेत प्रहार गरे । दुई छक्का र ६ चौका प्रहार गर्दै हरमित सिंहले ४४ बलमा ५७ रन बनाए ।

त्यसैगरी, साइतेजा मुक्कामल्लाले १९ बलमा ११ रन, मिलिन्द कुमारले ९ बलमा ५ रन बनाए भने सञ्जय कृष्णमूर्तिले एक बलमै शुन्य रनमा आउट भए ।

एक चौका र एक छक्का हिर्काउँदै ३७ बलमा २९ रन बनाएका स्याड्ली भान श्यालवाएक र एक छक्कासहित ६ बलमा ११ रन बनाएका जसदीप सिंह अविजित रहे । अमेरिकाले अतिरिक्त ११ रन प्राप्त गर्यो ।

यस्तै, नेपालका लागि कुशल भुर्तेलले २३ रन खर्चिदैँ सर्वाधिक ४ विकेट लिए । सोमपाल कामीले ३७ रन खर्चिदैँ २ विकेट र ललित राजवंशीले २९ रन खर्चिदैँ एक विकेट लिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com