अमेरिकामा प्रेमीलाई सूटकेसमा थुनेर मारेको प्रमाणित , प्रेमिकालाई सजाय दिइने


प्रकाशित मिति : कार्तिक ११, २०८१ आईतबार

अमेरिकाको फ्लोरिडाकी एक महिलालाई दोस्रो डिग्री हत्या अभियोगमा दोषी ठहर गरिएको छ । उनीमाथि २०२० मा आफ्ना प्रेमीलाई सूटकेसमा थुनेर मारेको आरोप छ ।

४७ वर्षकी साराह बुनले प्रेमी ४२ बर्षका जर्ज टोरेस जुनियरलाई लुकेर खेल्ने क्रममा सूटकेसमा थुनेको देखिएको छ । सूटकेसमा थुनिएकै कारण उनको मृत्यु भएको थियो ।

अदालतको कागजात अनुसार फ्लोरिडाको विन्टर पार्कमा रहेको आफ्नो अपार्टमेन्टमा उनीहरू वाइन खाँदै पजल खेलिरहेका थिए ।

जोडीले सूटकेसभित्र छिर्ने कुरा रमाइलो हुने सोचेका थिए । बुनले टोरेसलाई नीलो रंगको सूटकेसमा थुनेपछि उनका दुई औंला बाहिर निस्किएका थिए ।

बुनले सोचेकी थिइन् कि उनी आफैं बाहिर निस्कनेछन् र आफूसँग सुत्न आउनेछन् । तर बिहान उठ्दा उनले टोरेसलाई सूटकेसभित्र निसास्सिएको अवस्थामा मृत फेला पारेकी थिइन् ।

राज्यको वकिल कार्यालयका अनुसार, घटनामा प्रस्तुत गरिएको प्रमाणमा बुनको फोनमा भेटिएका भिडियोहरू थिए । ती भिडियोमा टोरेसले हतारहतार सूटकेसबाट बाहिर निकाल्न आग्रह गरेको सुन्न सकिन्छ । तर बुन हाँस्दै उनीप्रति गम्भीर नभएको देखिएको छ ।

अदालतमा बुनले करिब पाँच घण्टा आफ्नो बचाउमा बयान दिइन् । बुनलाई डिसेम्बर २ मा दिउँसो साढे १ बजे सजाय सुनाइने तय भएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com