पूर्वसहयोगी पटेललाई एफबीआईको नेतृत्व दिने ट्रम्पको घोषणा


प्रकाशित मिति : मंसिर १५, २०८१ शनिबार

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले संघीय अनुसन्धान ब्यूरो (एफबीआई) को नेतृत्वका लागि आफ्ना पूर्वसहयोगी काश पटेललाई छनोट गर्नुभएको छ ।

पटेलले यसअघि एफबीआईको आलोचना गर्दै आउनु भएको थियो ।

पहिलो ट्रम्प प्रशासनमा अमेरिकी रक्षा विभागका प्रमुख स्टाफ प्रमुख रहेका पटेल नयाँ रिपब्लिकन राष्ट्रपति ट्रम्पका कट्टर समर्थक हुनुहुन्छ ।

ट्रम्पले फ्लोरिडाको हिल्सबरो काउन्टीका शेरिफ चाड क्रोनिस्टरलाई लागूपदार्थ नियन्त्रण प्रशासन (डीईए) को प्रमुखका रूपमा नियुक्त गर्ने योजना बनाएको बताउनु भएको छ ।

पटेल र क्रोनिस्टर ट्रम्पले कानून कार्यान्वयनको क्षेत्रका लागि चयन गरेका अन्य नामहरूमा थपिएका हुन । यसअघि महान्यायाधिवक्ता पदका लागि पाम बोन्डीलाई नियुक्त गरिएको थियो ।

ट्रम्पले चार्ल्स कुश्नरलाई फ्रान्सका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गर्ने घोषणासमेत गर्नुभएको छ । यी सबै नियुक्तिहरूलाई अमेरिकी सिनेटको बहुमतले अनुमोदन गर्नुपर्नेछ ।

काश पटेल ट्रम्पका विश्वासपात्र हुनुहुन्छ । जहाँले सरकारका संस्थाहरूमा विश्वास नगर्ने ट्रम्पको दृष्टिकोणलाई सहमति जनाउनु हुन्छ ।

ट्रम्पले आफ्ना सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल मा काश एक प्रतिभाशाली कानूनी विशेषज्ञ, अनुसन्धानकर्ता र अमेरिका फर्स्ट लडाकु हुन् । उनले आफ्नो करियर भ्रष्टाचार उजागर गर्न, न्यायको रक्षा गर्न, र अमेरिकी जनतालाई संरक्षण गर्न खर्चेका छन् भने लेख्नुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com