जापानले रक्षा बजेट विस्तार गर्ने भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय चिन्ता थपियो
प्रकाशित मिति : मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट बढाउने भएको छ । सरकारले आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन जीडीपी को करिब दोब्बर बनाउने योजनालाई अन्तिम रूप दिइरहेको बताएको छ ।
सरकारले अप्रिल सन् २०२६ मा कर्पोरेट कर दरमा ४ प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको छ । जनवरी सन् २०२७ देखि आयकर दर १ प्रतिशतले बढ्ने प्रतिवेदनमा उल्लेख छ ।
जापानमा अप्रिल सन् २०२६ देखि सुर्तीजन्य करहरू क्रमशः बढ्ने सम्भावना छ ।
प्रतिवेदनका अनुसार जापानले आर्थिक वर्ष सन् २०२७ देखि पाँच वर्षसम्म राष्ट्रिय रक्षामा कुल २८४ बिलियन अमेरिकी डलर खर्च गर्ने योजना बनाएको छ । सरकारले कर वृद्धि मार्फत वार्षिक एक ट्रिलियन येन थप संकलन गर्ने लक्ष्य राखेको छ ।
सरकार र सत्तारुढ दलहरूले आगामी वैशाखदेखि सुरु हुने आर्थिक वर्ष सन् २०२५ का लागि बृहत् कर सुधार योजनाको मस्यौदा तयार गरिरहेका छन् ।
कर वृद्धिको अन्तिम कार्यतालिका डिसेम्बरको अन्त्यसम्ममा सम्पन्न हुने मस्यौदामा उल्लेख हुने अपेक्षा गरिएको प्रतिवेदनमा भनिएको छ ।
जापानको सैन्य बजेटको विस्तारले आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढाएको छ ।