भानुआटुमा भूकम्पमा परी १४ जनाको मृत्यु, दुई सय बढी घाइते
प्रकाशित मिति : पुस २, २०८१ मंगलबार
भानुआटुमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
खोजी टोलीहरू बेपत्ता व्यक्तिहरूको खोजीमा व्यस्त छन् । भूकम्पका कारण मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्पमा परी २ सय जना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा भइरहेको छ ।
भूकम्पका कारण भवनहरू ध्वस्त भएका छन् । भानुआटुमा रहेका अमेरिका, फ्रान्स, बेलायत र न्युजिल्यान्डका दूतावासहरूमा पनि बिजुली अवरुद्ध भएको छ । यसबाहेक मोबाइल सेवा पनि ठप्प छ ।
भानुआटु प्रहरीले सात दिनका लागि ‘आपतकालिन अवस्था’ लागू गरिएको जनाएको छ । भानुआटु दक्षिण प्रशान्त क्षेत्रमा ८० साना टापुहरूको एक देश हो । यो फिजीको पश्चिम र अस्ट्रेलियाको पूर्वमा अवस्थित छ ।