युद्धको असर : युक्रेनमा जन्मदर घट्यो, सम्बन्धविच्छेदका घटना बढ्दै


प्रकाशित मिति : पुस २२, २०८१ सोमबार

यो फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेको तीन वर्ष पूरा हुदैछ । यो युद्ध फ्रन्टलाइनमा लडिरहेका युक्रेनी सैनिकहरूका लागि मात्रै गाह्रो छैन । उनीहरूका पत्नीहरूका लागि पनि ठूलो दुःखको कारण बनेको छ । जो तिनीहरूको फर्कने प्रतीक्षामा छन् ।

जब युद्ध सुरु भयो, ओक्साना र आर्टेमको विवाह १८ महिना भएको थियो । युद्ध सुरु भएपछि, आर्टेम युक्रेनी सेनामा सामेल हुनुप¥यो । दम्पती बच्चा जन्माउन चाहन्थे । तर युद्धका कारण उनीहरू एकअर्कालाई भेट्न सकेनन् । आर्टेमले युद्धको बीचमा छोटो अवधिको बिदा मात्र पाएका थिए ।

ओक्साना आफ्नो श्रीमानलाई भेट्न युक्रेनको राजधानी किभ नजिकैको आफ्नो घरबाट सयौं किलोमिटर टाढा खार्किभ क्षेत्रमा जान्थिन् । त्यसपछि त्यहाँबाट उनी पूर्वी युक्रेनको डोनेट्स्क सहर पुगिन् । ओक्सानाको लागि डोनेट्स्कमा आफ्नो पतिलाई भेट्न गाह्रो थियो । किनकि उनका पति उनीसँग केही समय बिताउन पाउथे ।

ओक्साना र उनका पतिको पहिलो ’डेट’ अप्रिल २०२२ मा भएको थियो । आर्टेम युद्धको क्रममा घाइते भए र ओक्सानाको पनि गर्भपात भयो । यी दुवैका लागि निकै कठिन दिन थिए । ओक्साना आफ्नो श्रीमान्लाई भेट्न फ्रन्टलाइनमा गइरहेकी थिइन्, तर उनका पति भने आफ्नो सुरक्षाको लागि चिन्तित थिए ।

ओक्सानाले बीबीसीलाई भनिन्, “मेरो श्रीमान्लाई नदेखेर म आफ्नो जीवनको कल्पना गर्न सक्दिन । म जीवित महसुस गर्ने दिनहरू पतिलाई भेटेपछि मात्र सुरुहुन्छ ।“

दम्पतीहरू फ्रन्टलाइन नजिकैको गाउँ वा सहरहरूमा भेट्थे । जहाँ तिनीहरू स्थानीय घरहरूमा रातको लागि बस्ने गर्थे । यी घरहरूका मालिकहरूले उनीहरूलाई रातको लागि चार्ज गर्दैनन् । यी घरहरू युद्ध अघि धेरै व्यस्त थिए ।

रूसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण ग¥यो । त्यसपछि युक्रेनमा सम्वन्ध विच्छेद बढेको छ । संयुक्त राष्ट्रसंघका अनुसार युक्रेनबाट ६० लाख मानिसले देश छाडेका छन् । जुन जनसंख्याको १५ प्रतिशत हो । यीमध्ये अधिकांश महिला र बालबालिका छन् । किनकि १८ देखि ६० वर्षका पुरुषहरूलाई मार्शल ल अन्तर्गत देश छोड्न अनुमति छैन । सिपाहीहरूले वर्षमा ३० दिन मात्रै बिदा पाउछन । यदि परिवारमा ठूलो समस्या भएमा थप १० दिन बिदा पाउने गर्दछन ।

युक्रेनमा जन्मदर पनि घट्न थालेको छ । सन् १९९१ मा सोभियत संघ विघटन हुँदा युक्रेनमा ६ लाख ३० हजार बालबालिका जन्मिएका थिए । तर अहिले जन्मदर घट्दै गएको छ । सन् २०१९ मा ३ लाख ९ हजार बालबालिका जन्मेका थिए । २०२३ मा यो संख्या १ लाख ८७ हजार पुगेको छ ।

धेरै महिलाहरूको लागि आफ्नो पतिलाई भेट्ने एकमात्र तरिका फ्रन्टलाइनमा जानु हो । सन् २०२४ मा रुसी आक्रमणका बेला श्रीमानलाई भेट्न तीन दिनको यात्रा गरेकी मारियाले आफ्नो श्रीमान् पछि पीटीएसडी (पोस्ट ट्राउमेटिक स्ट्रेस डिसअर्डर) को सिकार भएको बताइन् । यसपछि उनको व्यवहारमा परिवर्तन आयो । उनी हिंसात्मक बने । जसले उनीहरुको सम्बन्धविच्छेद भएको थियो ।

दुई पटक गर्भपात भएकी ओक्सानाले भर्खरै छोरालाई जन्म दिएकी छिन् । उनी लामो समयदेखि पहिलो सन्तानको प्रतीक्षामा थिइन् । ओक्सानाले भनिन्, ‘प्रत्येक पत्नी आफ्नो वरिपरि आफ्नो पतिको उपस्थिति चाहन्छिन् । अहिले उनी आफ्नो बच्चालाई लिएर पतिलाई भेट्न जाँदैछिन् ।

युक्रेनमा सम्बन्धविच्छेदका घटना पनि बढिरहेका छन् । युक्रेनको न्याय मन्त्रालयका अनुसार सन् २०२३ को पहिलो छ महिनाको तुलनामा २०२४ को पहिलो ६ महिनामा सम्बन्धविच्छेदको संख्या ५० प्रतिशतले बढेको छ । बिबिसी हिन्दीको सहयोगमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com