युक्रेनले भन्यो : रुसलाई युद्धमा सघाउन आएका उत्तर कोरियाली सैनिक पक्राउ परे
प्रकाशित मिति : पुस २७, २०८१ शनिबार
युक्रेनी सेनाले २ जना उत्तर कोरियाली २ जना सैनिकहरुलाई युद्ध बन्दीका रुपमा पक्राउ गरेको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी सैनिकहरूले रसियाको कुर्स्क क्षेत्रमा उत्तर कोरियाका दुई घाइते सैनिकहरूलाई युद्ध बन्दीका रूपमा पक्राउ गर्ेको बताएका हुन ।
जेलेन्स्कीका अनुसार ती दुबै सैनिकहरूलाई आवश्यक चिकित्सा सहायता दिइएको छ । उनीहरूलाई राजधानी किभमा युक्रेनको सुरक्षा सेवा एसबीयूको निगरानीमा राखिएको छ ।
युक्रेनी राष्ट्रपतिले उत्तर कोरियाली सैनिकहरूलाई पक्राउ गर्न सफल भएका युक्रेनी प्याराट्रूपर्स र विशेष अपरेशन फोर्सका सैनिकहरूप्रति कृतज्ञता व्यक्त गरे । उनले यो कार्य सजिलो थिएन भनेर बताएका छन ।
जेलेन्स्कीले अर्को दाबी गर्दै भने कि रसियन र उत्तर कोरियाली सैनिकहरूले प्रायः घाइते उत्तर कोरियालीहरूलाई मारिदिन्छन् ।
युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाको सहभागिताका कुनै प्रमाण मेटाउन सकियोस् भनेर घाइते सैनिकहरुलाई रुसी र उत्तर कोरियाका सैनिकले मारिदिने गरेको जेलेन्स्कीले दावी गरेका छन ।
उत्तर कोरियाली सैनिकहरूलाई ९ जनवरीमा पक्राउ गरिएको युक्रेनको गुप्तचर सेवाले बताएको छ ।
तत्कालै जेनेभा कन्वेन्सनअन्तर्गत तोकिएको आवश्यक चिकित्सा सेवा दिइएको थियो । त्यसपछि उनीहरूलाई राजधानी किभ ल्याइएको हो।
कुर्स्क क्षेत्रमा युक्रेनविरुद्धको युद्धमा रसियालाई मद्दत गर्न उत्तर कोरियाले ११ हजार सैनिक पठाएको आरोप लागेको छ ।
दक्षिण कोरिया, अमेरिका, र युक्रेनले उत्तर कोरियाली सैनिकहरू ठूलो संख्यामा युद्धमा संलग्न भएका बताएका छन् ।
यो घटनाले उत्तर कोरियाको युक्रेनविरुद्धको युद्धमा प्रत्यक्ष संलग्नता बढेको संकेत गरेको छ ।